चितवन || चैत्र ९ गते २०८० || अनलाइनमार्फत् सामानहरु होम डेलिभरी गर्ने नाममा लाखौंलाई ठगि गरेको कुरो सुन्नमा आइरहेको समाचार हो | यस्तैमा हालै फेशन वर्ल्ड नामको संस्थाले टिकटक, फेसबुक र व्ह्वाट्सप् जस्ता सामाजिक संजालहरु मा बिज्ञापन दिएर ठगि गर्दै आएको गुनासो हाल साउदीमा रहेका अनि चितवन बासि सागर कुमालको छ | उनले उनको आफन्त सर्मिला कुमाललाई अनलाइन मार्फत समान अर्डर गरेबापत मिति २०८० साल फागुन २७ गतेका दिन आफ्नो साथीको माछापुच्छ्रे बैंकमा रहेको खाताको मोबाइल बैंकिंग बाट रु. एक हजार नौ सय बुझाएको हप्तौं हुँदा पनि समान न आएपछि बाध्य भएर गुनासो गरेका कारणले यो समाचार सम्प्रेषण हुन पुगेको जानकारी सम्पूर्ण नेपाली जनमानसमा अवगत गराउन चाहन्छु |
पहिला ००९७७-९८१८७४६९३६ मोबाइल नम्बरबाट फेशन वर्ल्ड नामको संस्था सार्वजनिक गरि टिकटक, फेसबुक र व्ह्वाट्सप् जस्ता सामाजिक संजालहरु मा बिज्ञापन दिएर ठगि गर्दै आएको थियो भने अहिले संचालक स्वेता चौधरी नाम रहेको उक्त संस्थाले ००९७७-९८०३६९५९३५ मोबाइल नम्बरबाट ठगि गरिरहेको पाइएको छ | उक्त ठग स्वेता चौधरीको ग्लोबल आई एम ई बैंकमा खाता रहेको छ र खाता नम्बर १९७०७०-१००५९-०७९ का धनि स्वेता चौधरीको बारेमा सोधपुछ गर्दा ग्लोबल आई एम ई बैंकले पनि आनाकानी गरेको बुझ्नमा आएको छ |
यो समाचारको मुख्य अभिप्राय कसैलाई आक्षेप लगाएर चर्चामा आउने नियति नभई यस्तै अनलाइन सपिंगको नाममा अरु सर्वसाधारणहरुपनि ठगीमा नपरुन भन्ने हो भनेर भन्न चाहन्छु | जनमानसमा सक्दो शेयर गरि यो ठगि रोक्नका लागि बिषेस अनुरोध पनि गर्दछु |
A swindler named Purna Bahadur Thapa, a resident of Baglung District Galkol Municipality Ward No. 7 Malm and Khairhani Municipality Ward No. 3 Chitwan, was rearing cows. After collecting the sick and old cows, he opened a farm under the guise of the same farm and absconded with the amount of million.
The thief named Purna Bahadur, who was living in a family of four including a son, a daughter and a husband and wife, left the village with his family on the 29th of Ashwin 2079 on the pretext of getting his son's bratabandha. After it was suspected that he did not return to the village until the next day, on Ashwin 30th, there was a commotion in Gothswar village.
बागलुङ्ग जिल्ला गलकोल नगरपालिका वडा नम्बर ७ मल्म निवासी र खैरहनी नगरपालिका वडा नम्बर ३ चितवन मा गाई पालन गर्दै बसेका पूर्ण बहादुर थापा नामक एक ठगले खैरहनी नगरपालिका वडा नम्बर ३ गोठ्स्वर गाउँ चितवनका बासिन्दाहरुको लाखौँ सम्पति ठगि फरार भएको छ | बिरामी र बुढाखाडा गाईहरु जम्मा पारेर फार्म खोलि त्यसै फार्मको आडमा राप्ति नगरपालिका चितवन स्थित ब्रम्हानगर दुग्ध संस्थाबाट लोन लिएको रकम सहित लगभग पांच लाख रुपैयाँ बराबरको रकम लिई फरार भएको छ |
एक छोरा, एक छोरी र श्रीमान श्रीमती सहित चार जनाको परिवार बस्दै आएको उक्त पूर्ण बहादुर नामक ठग आफ्नो परिवार सहित मिति २०७९ असोज २९ गते छोराको ब्रतबन्ध गराउने निहुँमा गाउँ छोडेको थियो | भोलिपल्ट सम्म गाउँ नफर्कंदा शंका भएपछी असोज ३० गते एकाबिहानै गोठ्स्वर गाउँमा हल्लाखल्ला मच्चिएकोले के रहेछ र भनि कुरा बुझ्न जाँदा दश एघार वटा गाई को बिजोग पारि र भएका थोत्राथाम्रा कपडाहरु छोडेर कुलेलाम ठोकेको पाइयो |
चिप्ला कुरा गर्न सिपालु उक्त ठगले गोठ्स्वर गाउँका बासिन्दाहरुलाइ पशुपालन बिस्तार गर्नका लागि भनि अलग अलग व्यक्ति संग पालैपालो सहयोगको नाममा सापटी लिएको र प्रायजसोलाई कार्तिक १ गते तिर्ने भाखा राखेको सुन्नमा आयो | चौबिसै घण्टा नशामा धुत रहने उक्त ठगले रक्सि पिलाएर कति संग पैसा सापटी मागेको र उनिहरुले पैसा नदिएकोमा आफु पनि ठगिन बाट बचेको कुरा पनि सुनियो | उक्त ठगलाई नेपाल वा नेपाल बाहिर कसैले पनि भेटेको खण्डमा नेपाल प्रहरीलाई खबर गरि अन्य व्यक्तिहरुलाई ठगिन बाट जोगाउनु हुन हाम्रो पनि अनुरोध छ |
ठगको परिचय :
नाम : पूर्ण बहादुर थापा
ठेगाना : गलकोल नगरपालिका वडा नम्बर ७ मल्म, बागलुङ्ग
नागरिकता नम्बर : २८७९-४०
मोबाइल नम्बर : ९८१५२०१०३७ एनसेल
९८१६६२६२१५ एनसेल
वाइफाई सिम नम्बर : ९८०६८००८८४ एनसेल होमनेट अल्ट्रा सिम